मेसी इन्टर मियामीको प्रशिक्षणमा उपस्थित

नेपालभ्युज

मेसी इन्टर मियामीको प्रशिक्षणमा उपस्थित

काठमाडौं । फुटबल स्टार लियोनल मेसी इन्टर मियामीको समूह प्रशिक्षणमा उपस्थित भएका छन् ।

कोपा अमेरिकाको फाइनल सकिएको ६ सातापछि बुधबार मेसीले समूह प्रशिक्षण सुरु गरेका हुन् ।

यद्यपि, मियामीका लागि मेसीले कहिले खेल्नेछन् भन्ने अझै स्पष्ट छैन । मियामीले शनिबार शिकागो भ्रमण गर्दैछ । मेसी अर्जेन्टिनाले सेप्टेम्बरको सुरुमा हुने विश्वकप छनोट खेल्न टोलीमा छैनन् ।

उनले यो सिजन मियामीका लागि १२ एमएलएस खेलमा १२ गोल र १३ असिस्ट गरेका छन् ।

जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा मेसीले कोलम्बियाविरुद्ध खेलेका थिए । खुट्टाको समस्याका कारण फाइनलमा पनि मेसी पूरा समय खेल्न सकेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved