सेयर बजारमा पहिरो, १२ उपसमूह राताम्मे 

नेपालभ्युज

सेयर बजारमा पहिरो, १२ उपसमूह राताम्मे 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक १११ दशमलव ९६ अंकले घटेर २७८२ दशमलव ६० को विन्दुमा पुगेको छ ।

मंगलबार ३३० कम्पनीका २ लाख ३४ हजार ३ सय ६० पटकको कारोबारमा ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० पटकको कारोबारमा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँको कारोबार भएक छ ।

त्यस्तै, २० कम्पनीको मूल्य बढ्दा २२३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । होटेल र पर्यटन क्षेत्र सामान्य बढ्दा अन्य १२ क्षेत्र राताम्मे भएको छ ।

तारा गाउँ रिजेन्सी र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved