प्रधानमन्त्री ओली भन्छन् – निर्दोषलाई दोषी करार गर्ने काम सरकारबाट हुँदैन

नेपालभ्युज

प्रधानमन्त्री ओली भन्छन् – निर्दोषलाई दोषी करार गर्ने काम सरकारबाट हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई सरकारले निर्दोषलाई दोषी बनाउन कुनै दबाब नदिने बताएका छन् ।

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘तपाईँहरु ढुक्क भएर काम गर्नुस्, अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईँहरुलाई निर्देशन दिँदैन । निर्दोषलाई फसाऊ भन्दैन ।’ उनले भने, ‘निर्दोष मान्छे फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलाप आपराधिक हुन् । निर्दोषलाई दोषी करार गर्ने काम सरकारबाट हुँदैन ।’

ओलीले यो सरकारले भात र रोटी खाने तर घुस नखाने दाबी गरे । उनले प्रहरी काम गर्न पूर्ण स्वतन्त्रता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved