उत्तरी मालीमा ड्रोन आक्रमण, कम्तीमा १५ सर्वसाधारणको मृत्यु

नेपालभ्युज

उत्तरी मालीमा ड्रोन आक्रमण, कम्तीमा १५ सर्वसाधारणको मृत्यु

काठमाडौं । मालीको उत्तरी क्षेत्रमा आइतबार भएको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १५ सर्वसाधारणको मृत्यु भएको स्थानीय स्रोतहरूले बताएका छन् ।

उक्त क्षेत्रमा सेना र उसका रुसी सहयोगीहरूले पृथकतावादी र जिहादीहरूसँग लडिरहेका छन् । पृथकतावादीहरूले अल्जेरिया नजिकै तिन्जाउओटेनमा आक्रमणका लागि ‘मालियन जुन्ताको सेना र वाग्नर समूहका रुसी भाडाका सेनालाई’ दोष दिएका छन् । उक्त आक्रमणमा ११ बालबालिकासहित २१ सर्वसाधारणको मृत्यु भएको छ ।

पृथकतावादीका प्रवक्ता मोहम्मद एलमाउलउद रमादानले भने, ‘यिनीहरूले सुरुमा एक फार्मेसीलाई निशाना बनाए, त्यसपछि अर्को आक्रमण गरे जसमा पहिलाको क्षति भएको स्थान नजिकै मानव भीडलाई निशाना बनाए ।’

एक स्थानीय राजनीतिज्ञले आक्रमणमा कम्तीमा १५ जना मारिएको बताए । यसैबीच स्थानीय एक गैरसरकारी संस्थाका अधिकारीले आइतबारको ड्रोन आक्रमणमा ‘बालबालिकासहित कम्तीमा २० सर्वसाधारण’ को मृत्यु भएको बताए ।

आठ वर्षको शान्तिपछि बामाको र स्वतन्त्र मातृभूमिका लागि लडिरहेका पृथकतावादीहरूबीचको शत्रुता सन् २०२३ अगस्टमा पुनः सुरु भयो ।

सन् २०२० को सैन्य विद्रोहबाट सत्ता कब्जा गरेका मालीका सैन्य नेताहरूले अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका पृथकतावादी र जिहादी शक्तिहरूबाटद सम्पूर्ण देशलाई फिर्ता लिनुलाई प्राथमिकता दिएका छन् ।

कर्नल असिमी गोइताको नेतृत्वमा जुन्ता पूर्वऔपनिवेशक शासक फ्रान्ससँगको आफ्नो परम्परागत गठबन्धन तोडेर रुसतिर फर्किएको छ । जुन्ताले वाग्नर भाडा समूहका सैनिकहरूलाई मुलुकमा तैनाथ गरेको छ । यद्यपि जुन्ताले उनीहरू ‘प्रशिक्षक’ का रूपमा मात्र रहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved