कैलालीमा सर्पले डस्दा दिदीबहिनीको मृत्यु

नेपालभ्युज

काठमाडौं । सर्पले डस्दा कैलालीमा दिदीबहिनीको मृत्यु भएको छ ।

गौरीगङ्गा नगरपालिका–७ महुलियाका ४ वर्षीया काजल घर्तीमगर र ७ वर्षीया नितालाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो ।

सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी लगिएको थियो । तर, सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शनिबार दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

साथै, सर्पले बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि डसेको थियो । उनको पनि अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved