एरिका राइट पाथको ब्रान्ड एम्बासडर

नेपालभ्युज

एरिका राइट पाथको ब्रान्ड एम्बासडर

काठमाडौं । राइट पाथ कन्सल्टेन्सी ग्रुप प्रा.लि.ले १९औं एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

शुक्रबार राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, प्रशिक्षणलगायतमा सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी गराए ।

एरिकाले राइट पाथको प्रवर्द्धनमा सहयोग गर्ने छिन् । त्रिपुरेश्वरस्थित कराते महासंघको कार्यालयमा भएको सम्झौता तत्काललाई १ वर्षसम्म कायम रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved