साताको सेयर बजार : २६ अंकले ओरालो लाग्दा करिब ६७ अर्बको कारोबार 

नेपालभ्युज

साताको सेयर बजार : २६ अंकले ओरालो लाग्दा करिब ६७ अर्बको कारोबार 

काठमाडौं । यो साता सेयर २६ अंकले ओरालो लागेको छ । कारोबारको पहिलो दिन अर्थात् आइतबार ३४ दशमलव ४७ अंकले घटेको सेयर बजार सोमबार र मंगलबार बन्द रहेको थियो । त्यसै गरी, बुधबार र बिहीबार खुलेको बजार सामान्य अंकले बढेको थियो ।

गत साता २३४ दशमलव ४३ अंकले बढेको बजार यो साता २६ अंकले घटेको छ । यस साता जम्मा तीन दिन खुलेको बजारले ६६ अर्ब ९० करोड ४० लाख २३ हजार बराबरको कारोबार गरेको छ ।

गत साता सेयर बजारमा १ खर्ब २७ अर्ब ९२ करोड ५५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको थियो । समग्रमा यो साता हाइड्रोपावर कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।

एक सातामा हाइड्रोपावर कम्पनीहरूको ७५ हजार ६ सय ५२ पटकको कारोबारमा १ करोड ३७ लाख ९६ हजार ४ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३२ करोड ६२ लाख ९७ हजार ४ सय ६२ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्से परिसूचक ३४ दशमलव ४७ अंकले घटेर २९६६ दशमलव ३३ को विन्दुमा पुगेको थियो । ३३० कम्पनीका ३ लाख ९ सय १८ पटकको कारोबारमा ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६ रुपैयाँ रहेको थियो ।

सर्वाधिक कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स रहेको थियो ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकोले बन्द रहेको सेयर बुधबार खुलेको थियो । बुधबार सेयर बजार परिसूचक २ दशमलव ११ अंकले बढेर २९६८ दशमलव ४४ को विन्दुमा पुगेको थियो ।

आज ३३७ कम्पनीका २ लाख १४ हजार २ सय १९ पटकको कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ रुपैयाँ रहेको थियो ।  सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रहेको छ ।

साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ६ दशमलव ०१ अंकले बढेर २९७४ दशमलव ४६ को विन्दुमा पुगेको थियो । ३३३ कम्पनीका २ लाख १६ हजार ४ सय ५५ पटकको कारोबारमा ४ करोड ९ लाख ५१ हजार ७ सय २० कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँ रहेको थियो । तारा गाउँ रिजेन्सीका लगानीकर्ताले सर्वाधिक कमाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved