टीआरसी विधेयक राष्ट्रिय सभाबाट पारित

नेपालभ्युज

टीआरसी विधेयक राष्ट्रिय सभाबाट पारित
फाइल फोटो

काठमाडौं । संक्रणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पारित गरियोस भन्ने राखेको प्रस्तावलाई राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले निर्णायार्थ प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय सभाले पारित गरेसँगै अब यसको सन्देश प्रतिनिधि सभामा सुनाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने व्यवस्था छ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक राजपत्रमा प्रकाशित भएसँगै कानूनका रुपमा कार्यान्वयनमा आउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved