प्रधानमन्त्री ओलीले सांसदले सोधेको प्रश्न नभेटेपछि…

नेपालभ्युज

प्रधानमन्त्री ओलीले सांसदले सोधेको प्रश्न नभेटेपछि…

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोतर कार्यक्रम चलिरहेको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिइरहेका छन् ।

तर, जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सांसदले सोधको प्रश्न नभेटिएको भनेपछि हाँसो गुज्जिएको थियो ।

नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले प्रधानमन्त्रीसँग प्रश्न राखेका थिए ।

तर, ओलीले प्रश्न फेला पार्न मुस्किल परेको बताए । ‘मान्य सदस्य ज्युले प्रश्न कहाँ गर्नुहुन्छ भनेर म ध्यान पूर्वक सुनिरहेको थिए । खासमा प्रश्न फेला पार्न मुस्किल पर्‍यो । यो प्रश्न भन्दा पनि सुझाव पत्र जस्तो छ ।’ उनले भने ।

त्यसपछि संसद्‌मा हाँसो गुज्जिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved