काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार सामान्य अंकले बढको छ । आज नेप्से परिसूचक ६ दशमलव ०१ अंकले बढेर २९७४ दशमलव ४६ को विन्दुमा पुगेको छ ।
बिहीबार ३३३ कम्पनीका २ लाख १६ हजार ४ सय ५५ पटकको कारोबारमा ४ करोड ९ लाख ५१ हजार ७ सय २० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, १३२ कम्पनीको सेयर मूल्य बढ्दा १०३ वटाको घटेको छ । भने, ३ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा ७ वटा बढेको छ । आज तारा गाउँ रिजेन्सीका लगानीकर्ताले प्रतिकित्ता १२२ रुपैयाँका दरले कमाएका छन् ।
नारायणी विकास बैंकका लगानीकर्ताले ६२ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । ज्योति विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३८ रुपैयाँले बढेको छ ।
भने, कर्पोरेट विकास बैंकको ७५ रुपैयाँले बढेको छ । थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता ८६ रुपैयाँका दरले कमाएका छन् ।
Facebook Comment
Comment