छानबिन समिति : दुई सहकारीका सञ्चालकसँग सोधपुछ

नेपालभ्युज

छानबिन समिति : दुई सहकारीका सञ्चालकसँग सोधपुछ

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकसँग सोधपुछ गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक सूर्यध्वज न्यौपानेसँग सोधपुछ गरेको हो । चावहिलस्थित मित्रपार्कमा अवस्थित कुमारी सहकारी यसअघि समस्याग्रस्त घोषणा गरिएको थियो ।

त्यस्तै, बुधबार नै समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासँग पनि बयान लिएको छ । सोसाइटल सहकारी छानविन समितिको कार्यादेशको अनुसुचीको ११औं नम्बरमा रहेको छ ।

विज्ञदेखि सरोकारवाला तथा सहकारी ठगीमा संलग्नहरुसँग छलफल गरेको समितिले प्रतिवेदन लेखनको कार्य पनि अघि बढाएको छ ।

गत जेठ १५ गते गठन भएको समितिलाई सहकारीमा जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved