झिनो अंकले बढ्यो सेयर बजार 

नेपालभ्युज

झिनो अंकले बढ्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो अंकको सुधार भएको छ । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकोले बन्द रहेको सेयर बुधबार खुलेको थियो ।

आज, बजार परिसूचक २ दशमलव ११ अंकले बढेर २९६८ दशमलव ४४ को विन्दुमा पुगेको छ । आज ३३७ कम्पनीका २ लाख १४ हजार २ सय १९ पटकको कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ रुपैयाँ रहेको छ । सेन्सेटिभ इन्डेक्स १ दशमलव २५ अंकले बढ्दा फ्लोट इन्डेक्स ० दशमलव १८ अंकले बढेको छ । १०० कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये ५ वटा बढ्दा ८ वटा घटेको छ । सर्वाधिक बढ्नेमा फाइनान्स इन्डेक्स रहेको छ । चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सर्वाधिक कारोबार हुनेमा हिमालयन रियन्स्योरेन्स रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved