एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स

नेपालभ्युज

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा झन्डै १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स देश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक वर्षे देशको वित्तीय तथा सार्वजनिक स्थितिको प्रतिवेदन अनुसार गत वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४ दशमलव ५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव ९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ७७ हजार ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved