उदयपुरमा विंगर भ्यान दुर्घटना, एकको मृत्यु २० घाइते 

नेपालभ्युज

उदयपुरमा विंगर भ्यान दुर्घटना, एकको मृत्यु २० घाइते 

उदयपुर । उदयपुरमा विंगर भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सगरमाथा राजमार्गको गाईघाट–लहान सडक खण्डको चुरेमा आइतबार ना.१ज ६२७९ नम्बरको विंगर भ्यान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–३ की ५० बर्सिया गीता कार्की राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राजन चापागाईँले जनाएका छन् । उनका अनुसार चालक तथा सहचालकसहित २० जना घाइते भएका भएका छन्, उनीहरूमध्ये दुई जनालाई विराटनगर पठाइएको छ ।

बाँकीको जिल्ला अस्पताल गाईघाटमा उपचार गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved