आजपाले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेन्डा

नेपालभ्युज

आजपाले बोलायो केन्द्रीय कमिटी  बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आगामी भदौ ११ र १२ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बोलाइएको अध्यक्ष प्रभु साहले जानकारी दिए ।

उनका अनुसार बैठकमा दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको लागी अगामी कार्ययोजना समेत पेस हुनेछ  ।

आजपाले अब हुने आन्दोलन सशक्त र कडा बनाउने योजना सहित अगाडि बढ्ने बताएको छ । बैठकमा   विगतका दिनमा गरेको विभिन्न आन्दोलनको बारेमा समीक्षा पनि हुने बताइएको छ ।

भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, बैङ्किङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समीक्षा हुने एजेन्डा तय भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved