सोलुखुम्बु बाढी : हिमताल फुटेको पुष्टि

नेपालभ्युज

सोलुखुम्बु बाढी : हिमताल फुटेको पुष्टि

काठमाडौं । सोलुखुम्बुको थामे क्षेत्रमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेका कारण बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा ताल फुटेर बाढी आएको पाइएको हो ।

गाउँपालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत् निरीक्षण गरेको भिडिओ सार्वजनिक गर्दै हिमताल फुटेका कारण बाढी आएको जनाएको छ ।

बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved