यू-१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट नेपालमा हुने

नेपालभ्युज

यू-१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट नेपालमा हुने

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट क्रिकेट २०२५ नेपालमा आयोजना हुने भएको छ ।

नेपालले एसिया छनोट २०२५ को आयोजना नेपालमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको हो । प्रतियोगिता अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा आयोजना गरिने छ ।

छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् ।

छनोटको विजेताले सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपमा स्थान पक्का गर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved