काठमाडौं । श्रीदेवीको फिल्म करियर जति उच्च स्थानमा थियो उनका अफेयर्सका चर्चाहरू पनि त्यति नै सामान्य थिए । उनलाई चाहनेहरूको कुनै कमी थिएन, चाहे त्यो फिल्मी दुनियाँको कुरा होस् वा फिल्मी दुनियाँ बाहिरको । उनका प्रशंसकहरूको कुनै कमी थिएन ।
श्रीदेवीलाई चाहनेहरू बलिउडमा मात्र नभई टलिउड अर्थात् साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा पनि थिए । श्रीदेवीले धेरै फिल्म स्टार्ससँग काम गरेकी थिइन् ।
केही फिल्म स्टार्स त यस्ता पनि थिए, जोसँग श्रीदेवीले एक दुई होइन, धेरै फिल्महरू गरेकी थिइन् । यस्तै, एक फिल्म स्टार थिए, जो उमेरमा श्रीदेवीभन्दा अलि बढी थिए तर, श्रीदेवीको दीवाना भएका थिए।
एकैसाथ १९ फिल्म
यी फिल्म स्टार हुन् रजनीकान्त, जसलाई अहिले फिल्मी दुनियाँको सुपरस्टार पनि भनिन्छ । श्रीदेवी र रजनीकान्तले एक साथ करिब १९ फिल्महरूमा काम गरेका छन् ।
फिल्म “मूंदरू मुदिचू“मा रजनीकान्त श्रीदेवीभन्दा १३ वर्ष जेठा थिए तर, पनि उनलाई श्रीदेवीसँग प्रेम भयो । दुवैको मित्रता पनि धेरै राम्रो भइसकेको थियो, जसलाई रजनीकान्त चाँडै नै विवाहमा परिणत गर्न चाहन्थे ।
एक कुराले रोक्यो विवाहको प्रस्ताव
रजनीकान्तका साथी के बालचन्दरका अनुसार जब श्रीदेवी १६ वर्षकी मात्र थिइन् तब, रजनीकान्तले उनीसँग विवाह गर्ने निर्णय गरेका थिए । उनी यसका लागि श्रीदेवीकी आमासँग कुरा गर्न पनि तयार थिए । यसका लागि उनले श्रीदेवीको घरमा हुने गृह प्रवेशको अवसर रोजेका थिए ।
रजनीकान्त र के बालचन्दर गृह प्रवेशको अवसरमा श्रीदेवीको घर पनि गए तर, त्यही समयमा बत्ती गयो । यसलाई रजनीकान्तले अशुभ माने र कुरा नगरी नै फर्किए ।
Facebook Comment
Comment