सोलुखुम्बु बाढी अपडेट : १२ घर र एक विद्यालय पूर्णरूपमा क्षति

नेपालभ्युज

सोलुखुम्बु बाढी अपडेट : १२ घर र एक विद्यालय पूर्णरूपमा क्षति

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेमा बाढीले १२ घर, एक क्लिनिक र एक विद्यालयमा पूर्ण रूपमा क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सात जनाको उद्धार गरिएको जनाएको छ । बाढीमा अन्य केही व्यक्तिहरु परेको आशंका गरिएको छ ।

४० भन्दा बढी घरमा बाढी पसेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ की वडा सदस्य आङमाया शेर्पाले जानकारी दिइन् ।

बाढी आएसँगै सचेत रहन आग्रह गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिकाले सचेत रहन आग्रह गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved