काठमाडौं । पछिल्लो समय सेयर बजारमा उछाल आइरहेको छ । अर्थमा विष्णु पौडेलको इन्ट्रीले चम्काएको सेयर बजार उकालै उकालो यात्रामा हुइँकिइरहेको छ । सेयर बजारले आजभोलि दैनिक जसो रेकर्ड बनाइरहेको छ । यो साता मात्रैको कुरा गर्ने हो भने पनि बजार २७ सयको विन्दुबाट ३ हजारको विन्दुमा उक्लिएको छ ।
अर्थात्, यो साता कारोबारको पहिलो दिनदेखि अन्तिम दिनसम्म आइपुग्दा २३४ दशमलव ४३ अंकले बढेको छ । आइतबार २५ अर्बको कारोबार गरेको बजारले बिहीबार झन्डै ३० अर्बको कारोबार गरेको थियो । समग्रमा यो साता सेयर बजारमा १ खर्ब २७ अर्ब ९२ करोड ५५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।
यो साता सबै दिन बजार भारी अंकले बढ्दा एक दिन सामान्य करेक्सन देखिएको छ । अघिल्लो साता १०.७६ अंकले मात्र बढेको बजारमा यस साता व्यापक बढोत्तरी देखिएको छ । अघिल्लो साता २७६६ दशमलव ३८ बिन्दुमा बन्द भएको बजार यस साता बढेर ३००० दशमलव ८१ को बिन्दुमा बन्द भएको छ ।
कुन दिन कस्तो रह्यो सेयर बजार ?
साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक ९५ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ को विन्दुमा पुगेको थियो । आइतबार ३३० कम्पनीका २ लाख ७५ हजार २ सय ०७ पटकको कारोबारमा ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९ रुपैयाँ रहेको थियो । सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको थियो ।
साताको कारोबारको दोस्रो दिन सेयर बजार परिसूचक ७० दशमलव ८१ अंकले बढेर २९३१ दशमलव ६५ को विन्दुमा पुगेको थियो । सोमबार ३३९ कम्पनीको २ लाख ८३ हजार पटकको कारोबारमा ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँ रहेको थियो । सोमबार ८ सय १५ दशमलव ८१ अंकले जीवन बीमा कम्पनी बढेको थियो ।
साताको कारोबारको तेस्रो दिन सेयर बजार परिसूचक ८ दशमलव १८ अंकले घटेर २९२३ दशमलव ४६ को विन्दुमा झरेको थियो । ३३२ कम्पनीको २ लाख ४१ हजार ६६५ पटकको कारोबारमा ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम २१ अर्ब ५१ करोड ५ लाख १० हजार पैयाँ रहेको थियो । नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको थियो ।
साताको कारोबारको चौथो दिन सेयर बजार परिसूचक ३४ दशमलव २९ अंकले बढेर २९५७ दशमलव ७५ को विन्दुमा पुगेको थियो । बुधबार ३३२ कम्पनीका २ लाख ४४ हजार १९ पटकको कारोबारमा ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १ सय ५० रुपैयाँ रहेको थियो । सबैभन्दा धेरै बढ्नेमा फाइनान्स कम्पनीहरू रहेका थिए । जसमध्ये सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी हिमालयन रिइन्स्योरेन्स रहेको थियो ।
साताको कारोबारको अन्तिम दिन सेयर बजारले ३ हजारको विन्दु छोएको छ । नेप्से परिसूचक ४३ दशमलव ०५ अंकले बढेर ३००० दशमलव ८१ को विन्दुमा पुगेको छ । बिहीबार ३३४ कम्पनीका ३ लाख ११ हजार ५ सय ३६ पटकको कारोबारमा ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ रहेको छ । जुन कारोबार रकम हालसम्मकै सबैभन्दा धेरै हो । बिहीबार सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको थियो ।
यी कम्पनीले कमाए धेरै
यस साता अधिकांश कम्पनीको सेयर मूल्य बढेका छन् । समीक्षा अवधिको दुवै दिन कारोबारमा आएका १४३ कम्पनी (म्युचुअल र ऋणपत्र बाहेक)मध्ये १९९ कम्पनीको सेयर मूल्य बढेका छन् । जसमध्ये पनि ५० कम्पनीको सेयर मूल्य १५ प्रतिशतदेखि ४३.४५ प्रतिशतसम्म बढेका छन् ।
यस साता सर्वाधिक मूल्य बढ्ने कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ४३.४५ प्रतिशतले बढेको छ ।
यस साता सर्वाधिक मूल्य बढ्ने कम्पनीहरू नेसनल हाइड्रोपावर, गुडवील फाइनान्स, अपि पावर, आँखु खोला जलविद्युत कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर, अरुण कावेली पावर, अरुण भ्याली हाइड्रोपावर, शिव श्री हाइड्रोपावर छन् ।
Facebook Comment
Comment