सोलुखुम्बुमा हिमपोखरी फुटेको आशंका, थामे क्षेत्रको बस्तीमा पस्यो बाढी

नेपालभ्युज

सोलुखुम्बुमा हिमपोखरी फुटेको आशंका, थामे क्षेत्रको बस्तीमा पस्यो बाढी

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासङल्हामु गाउँपालिकामा ठूलो बाढी आएको छ । हिमपोखरी फुटेर बाढी आएको आशंका गरिएको छ ।

पासङल्हामु-५ थामे क्षेत्रमा बाढी पसेको छ । बाढीले ठूलो क्षति भएको आशंका गरिएको छ ।

घटनाबारे खबर आएपछि त्यसतर्फ नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

अहिलेसम्म के-के भयो भन्ने विवरण आइनसकेको उनले बताइन् । उक्त क्षेत्रमा पुग्न गाडीमा एक दिन र पैदल दुई दिन हिड्नुपर्दछ ।

हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved