डलर स्थिर हुँदा पाउण्ड थप बलियो 

नेपालभ्युज

डलर स्थिर हुँदा पाउण्ड थप बलियो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने बेलायती पाउण्ड थप बलियो भएको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो एकको खरिद दर १४७ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १४८ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १७३ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved