गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ

नेपालभ्युज

गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनापछि फरार रहेका ट्रक चालक पक्राउ परेका छन् ।

प्रहरीले ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बिहीबार दिउँसो उनले चलाएको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved