शेखर कोइराला भन्छन् – आगामी महाधिवेशनमा पुन: सभापतिमा उठ्छु

नेपालभ्युज

शेखर कोइराला भन्छन् – आगामी महाधिवेशनमा पुन: सभापतिमा उठ्छु
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताएका हुन् ।

उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने जिकिर गरे । कोइरालाले मुलुकलाई स्थायीत्व दिनका लागि ठूला दलबीच समिकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।

उनले राजनीतिक स्थायीत्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको धारणा राखे ।

कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved