काठमाडौं । अयोध्याको अति सुरक्षित मानिने रामपथ र भक्तिपथमा सजावटका लागि राखिएका ३ हजार ८ सय बाँस बत्ती र ३६ गोबो प्रोजेक्टर बत्ती चोरीको घटनाले प्रशासन र स्थानीयवासी चकित भएका छन् ।
चोरी भएको बत्तीको कुल मूल्य रु ५० लाखभन्दा बढी रहेको बताइएको छ । यो कुनै साधारण सडकको नभई सहरको सबैभन्दा संरक्षक क्षेत्रको घटना भएकाले चोरीबाट प्रशासन पनि चकित छ ।
खुला सडकबाट सरकारी सम्पत्ति गायब हुनु र प्रहरीलगायत कसैलाई पनि थाहा नभएकाले पनि आश्चर्य छ ।
अयोध्या विकास प्राधिकरणबाट प्राप्त ठेक्कामा यश इन्टरप्राइजेज र कृष्णा अटोमोबाइल्स कम्पनीले रामपथका रुखमा ६ हजार ४ सय बाँसका बत्ती र भक्तिपथमा ९६ वटा गोबो प्रोजेक्टर बत्ती जडान गरेको थियो ।
बत्ती जडान गर्ने कम्पनीका प्रतिनिधि शेखर शर्माले अहिले यी बाटोबाट ३ हजार ८ सय बाँसका बत्ती र ३६ वटा गोबो प्रोजेक्टर बत्ती चोरी भएको बताए । यस विषयमा शर्मा आफैंले भदौ ९ गते रामजन्मभूमि प्रहरी चौकीमा चोरीको उजुरी दिएका थिए ।
प्रहरीमा दिएको उजुरीमा शर्माले भने, ‘रामपथमा ६ हजार ४ सय बाँसको बत्ती र भक्तिपथमा ९६ गोबो प्रोजेक्टर बत्ती जडान गरिएको थियो, मार्च १९ गतेसम्म सबै बत्ती बलेको थियो । तर, मे ९ निरीक्षण गर्दा लगभग ३८०० बाँसको बत्ती र ३६ वटा गोबो प्रोजेक्टरको बत्ती अज्ञात व्यक्तिले चोरी गरेको पाइएको छ।”
उजुरीका अनुसार कम्पनीले मे ९ चोरी भएको थाहा पाए पनि तीन महिनापछि अर्थात् अगस्ट ९ गते एफआइआर दर्ता भएको थियो ।
अयोध्याको यो उच्च सुरक्षा क्षेत्रमा भएको चोरीको विषयमा अहिले प्रहरीले केही भन्न आनाकानी गरिरहेको छ । यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
अयोध्या प्रशासनले चोरी नभएको र बत्ती जडान गर्ने कम्पनीले भुक्तानको लागि झुटो दाबी गरिरहेको बताएको छ । अयोध्या प्रशासनले चोरीको मुद्दामा स्पष्टीकरण दिएको छ।
रुखमा जडान गरिएका बत्ती चोरी भएको सूचना प्राप्त भएको प्रशासनले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । अयोध्यामा सुरक्षालाई लिएर सधैं कडाइ गरिएको छ र यति ठूलो संख्यामा बत्ती चोरी गर्न सम्भव छैन।
५० लाख मूल्यको बत्ती चोरी भएको यस विषयमा प्रशासनले बत्ती जडान गर्ने ठेकेदारविरुद्ध किटानी जाहेरी दर्ता गर्ने निर्णय गरेको छ भने गत साता रामपथ र भक्तिपथबाट बत्ती चोरी गरेको सम्बन्धमा रामजन्मभूमि प्रहरी चौकीमा किटानी जाहेरी परेको छ ।
Facebook Comment
Comment