प्रधानमन्त्रीको गुनासो : रेल र पानी जहाजमा मेरो मजाक उडाए, गफ दियो भने

नेपालभ्युज

प्रधानमन्त्रीको गुनासो : रेल र पानी जहाजमा मेरो मजाक उडाए, गफ दियो भने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हचुवाका भरमा बोल्ने र हचुवाकै भरमा काम गर्ने प्रधानमन्त्री नभएको दाबी गरेका छन् ।

सोमबार बालुवाटारमा दोलखा जिल्लाका राजनीतिक दलका सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

छलफलका क्रममा उनले रेल र पानी जहाजको विषयमा केहीले आफ्नो मजाक उडाएकोसमेत गुनासो गरे ।

उनले भने, ‘रेल र पानी जहाजमा मेरो निकै मजाक उडाए, गफ दियो पनि भने । तर रक्सोल-काठमाडौं रेल भनेको काठमाडौं दिल्ली वा काठमाडौं मुम्बई, अनि केरूङ-( काठमाडौं रेल भनेको काठमाडौं-ल्हासा हो भन्ने कुरा उडाउनेहरूले बुझ्न सकेनन्, अब विस्तारै बुझ्नेछन् ।’

आगामी दिनमा ठूला आयोजनाहरू अनावश्यक ढिलाइ र लापरबाही गर्ने परिपाटी रोक्न सरकारले विशेष ध्यान दिने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved