पाउण्डको मूल्य बढ्दा यूरो र डलर स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य बढ्दा यूरो र डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार यूरो र डलरको मूल्य स्थिर रहेको छ भने बेलायती पाउण्डको मूल्य केही बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ९८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved