पशुपतिनाथ मन्दिर पुगे भारतीय विदेश सचिव

नेपालभ्युज

पशुपतिनाथ मन्दिर पुगे भारतीय विदेश सचिव

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले साउने सोमबार पारेर पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गर्नुका साथै पशुपतिको क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक उपहार दिएका छन् ।

सचिव मिस्री आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्रसचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेश सचिव मिस्रीले आज आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गर्नेछन् । उनी आजै स्वदेश फर्कनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved