काठमाडौं । स्टार्टअप उद्यम कर्जाबापत १६५ परियोजनालाई १७ करोड रुपैयाँ वितरण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरिएको कार्यक्रमको हालसम्म १७ करोड रुपैयाँ विनियोजन गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको हो ।
गत आवको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । स्टार्टअपलाई कर्जा दिने भनेर सरकारले चार वर्षअघिदेखि बजेटमा उल्लेख गर्दै आएको थियो । गत आव पनि अन्तिममा मात्रै कार्यान्वयनमा आएको हो ।
प्रतिष्ठानले २०८० माघ १९ देखि फागुन १० सम्म ‘स्टार्टअप’ उद्यम कर्जाका लागि मागेको प्रस्तावमा एक हजार ६५८ परियोजनाले प्रस्ताव दर्ता गराएका थिए । गत वैशाख ९ मा प्रतिष्ठानले पहिलो चरणमा योग्य प्रस्तावकको सूचीमा ३९४ परियोजना छानेको थियो । तीनमध्ये १८३ परियोजना कर्जा पाउने अन्तिम छनोटमा परेका थिए ।
सरकारको स्टार्टअप नीति : कस्ता व्यवसायीले पाए सहुलियत ऋण ?
Facebook Comment
Comment