काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स नेसन्स भलिबलमा भारतसँग पराजित भएको नेपाली टिमलाई ढाडस दिएका छन् । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा अन्तिम सेटमा पराजित भएको टिमलाई ढाडस दिदैं प्रधानमन्त्री ओलीले एक पटकको हार सधैंको हार नभएको बताएका छन् ।
‘मन्त्रिपरिषदको आकस्मिक बैठकका कारण आज भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनल हेर्न जान पाइनँ। तेस्रो चरणदेखि मात्र खेलको लाईभ हेरेँ। नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौं’ प्रधानमन्त्री ओलीले सामाजिक संजालमा लेखेका छन्, ‘तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो। एक पटकको हार सधैंको हार होइन, हामी जित्ने छौं। धन्यवाद नेपाली टिम ।’
त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको अन्तिम सेटमा नेपाल भारतसँग १५-५ ले पराजित भएको थियो ।
Facebook Comment
Comment