काठमाडौं । बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले सबैलाई शान्त रहन आग्रह गरेका छन् ।
बुधबार एक वक्तव्य जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् । विद्यार्थीहरूको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिँदै देश छाड्नुलाई ‘सेकेन्ड भिक्ट्री’ भनेका उनले भनेका छन्, “म सबै विद्यार्थी, राजनीतिक दलका सदस्य र गैरराजनीतिक व्यक्तिहरूलाई शान्त रहन आग्रह गर्दछु ।”
उनले सेकेन्ड भिक्ट्री बनाएको भन्दै विद्यार्थी नेताहरूलाई धन्यवाद भनेका छन् । “म बहादुर विद्यार्थीहरूलाई र उनीहरूलाई तपाईंहरूले गर्नुभएको पूर्ण समर्थनका लागि पनि धन्यवाद भन्छु,” उनले भनेका छन् ।
उनले बंगलादेश सुन्दर देश भएको र त्यहाँ अथाह सम्भावनाहरू भएको उल्लेख गरेका छन् । उनको अपिल छ— अब शान्त बनेर देश निर्माणका लागि तयार हुनुहोस् ।
उनले हिंसाको बाटो लिएर कहीँ नपुगिनेसमेत बताएका छन् ।
अहिले उनी फ्रान्सको पेरिसमा छन् । उनी भोलि स्वदेश फर्किने बंगलादेशका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Facebook Comment
Comment