काठमाडौं । विगत तीन दशकदेखि निरन्तर जनताको स्वास्थ्य सेवामा समर्पित ‘नर्भिक इन्टरनेसनल हस्पिटल’ ले एक सातादेखि स्तनपानसम्बन्धी जानकारीमूलक कार्यक्रम गर्दै आएको छ ।
विश्व स्तनपान साताका अवसरमा हस्पिटलले सबै आमाहरूलाई निःशुल्करूपमा स्तनपानसम्बन्धी महत्त्वपूर्ण जानकारी, सल्लाह एवं सुझाव उपलब्ध गराइरहेको छ ।
विश्व स्तनपान साताका अवसरमा बुधबार पनि अस्पतालका वरिष्ठ चिकित्सक अञ्जली बगारियाले स्तनपानसम्बन्धी सल्लाह, सुझाव एवं जानकारीहरू प्रवाह गरिन् । उनले हस्पिटलको आधिकारिक सामाजिक सञ्जाल फेसबुक र इन्ट्राग्राममार्फत् प्राप्त जिज्ञासाहरूको जवाफ दिइन् ।
उनीजस्तै नर्भिक हस्पिटलका अन्य वरिष्ठ चिकित्सकहरूलेखयो साताभर स्तनपानसम्बन्धी जानकारी एवं यसको महत्त्वबारे आम जनतालाई जानकारी दिँदै आएका छन् । चिकित्सक बगारियाले स्तनपान सप्ताहमा प्रवाह भएका सल्लाह, सुझाव र जानकारीले आमाहरू र बच्चाहरूको स्वास्थ्य र खुशीका लागि स्तनपानको महत्त्वालाई उजागर गरेको बताइन् ।
हस्पिटलले बच्चालाई जन्मेको एकघण्टाभित्र स्तनपान गराउन, जन्मेको छ महिनासम्म आमाको दूध र त्यसपछि पौष्टिक आहारसहित स्तनपान गराउन सुझाव दिँदै आएको छ । त्यसैगरी स्तनपानले महिलाको स्तन क्यान्सर पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्नेजस्ता जानकारीमूलक सन्देश हस्पिटलले उपलब्ध गराउँदै आएको छ ।
विश्व स्तनपान साता हरेक वर्ष अगष्टको पहिलो साता मनाइँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय बालकोष र सरकारका विभिन्न मन्त्रालयहरू एवं नागरिक समाजका अगुवाहरूको समर्थनमा विश्व स्तनपान साता मनाउँदै आइएको छ ।
विश्व स्तनपान सप्ताह २०२४ को नारा रहेका छ- ‘स्तनपानमा समानता स् सबैको सहयोग र सहभागिता’ भन्ने रहेको छ ।
सन् १९९३ मा उद्योगपति वशन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टर स्थापना गरेका थिए । काठमाडौँको थापाथलिस्थित यो हस्पिटल हाल देशकै ‘मल्टि स्पेस्यालिटी’ अस्पतालका रुपमा परिचित छ ।
Facebook Comment
Comment