फाइनलअघि भारतीय खेलाडीको तौल १०० ग्राम बढी भएपछि अयोग्य घोषित

नेपालभ्युज

फाइनलअघि भारतीय खेलाडीको तौल १०० ग्राम बढी भएपछि अयोग्य घोषित

काठमाडौं । पेरिस ओलम्पिकको कुस्ती प्रतियोगिताको फाइनलअघि भारतीय खेलाडी विनेश फोगाट अयोग्य घोषित भएकी छन् ।

बीबीसीकाअनुसार फाइनल खेलका लागि बढी तौल देखिएपछि फोगाट अयोग्य घोषित भएकी हुन् । विनेशको तौल तोकिएभन्दा करिब १०० ग्राम बढी रहेको पाइएको थियो ।

टोलीले रातभर मेहनत गरेपछि पनि विनेशको ५० किलोभन्दा तौल केही ग्राम बढी देखिएको थियो । ​

भारतीय ओलम्पिक संघले विज्ञप्ती जारी गर्दै विनेश फोगाटलाई ५० किलो तौल समूहबाट हटाएको अत्यन्तै दु:खका साथ जानकारी गराउनु परेको जनाएको छ । भारतीय ओलम्पिक संघले यस विषयमा थप प्रतिक्रिया नदिने जनाएको छ ।​

मंगलबार प्रि-क्वार्टरफाइनलमा विश्व नम्बर एक खेलाडीलाई र सेमिफाइनलमा क्युबाली खेलाडीलाई हराउँदै विनेश फाइनलमा पुगेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved