ओलम्पिक महिला फुटबलको स्वर्ण पदकका लागि ब्राजिल र अमेरिका भिड्ने

नेपालभ्युज

ओलम्पिक महिला फुटबलको स्वर्ण पदकका लागि ब्राजिल र अमेरिका भिड्ने

काठमाडौं । ब्राजिल ओलम्पिक महिला फुटबलको फाइनल प्रवेश गरेको छ ।

स्पेनलाई पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो । ब्राजिलले स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने भएको छ । स्पेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै ब्राजिलले अमेरिकासँगको भेट पक्का गरेको हो ।

गएराति नै भएको अर्को खेलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै अमेरिका फाइनलमा पुगेको हो ।

महिला फुटबलको फाइनल खेल अगस्ट १० मा हुने छ । त्यस्तै काश्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved