अमेरिकी राष्ट्रपति उम्मेदवार कमलाले छानिन् उपराष्ट्रपतिमा वाल्ज

नेपालभ्युज

अमेरिकी राष्ट्रपति उम्मेदवार कमलाले छानिन् उपराष्ट्रपतिमा वाल्ज

काठमाडौं । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले उपराष्ट्रपतिका लागि टिम वाल्जलाई चयन गरेकी छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको दौडमा रहेकी ह्यारिसले मिनेसोटाका गभर्नर वाल्जलाई आफ्नो टिमबाट उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी हुन् ।

६० वर्षिय वाल्ज बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशिल छन् । उनले मिनेसोटालाई बच्चा हुर्काउनका लागि देशकै सबैभन्दा उत्कृष्ट राज्य बनाउने घोषणा गरेका थिए ।

दुवैले संयुक्त रुपमा चुनावी सभाको कार्यक्रम अघि बढाउने भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved