प्रधानमन्त्री ओली भलिबल खेल हेर्न साँझ त्रिपुरेश्वर जाने

नेपालभ्युज

प्रधानमन्त्री ओली भलिबल खेल हेर्न साँझ त्रिपुरेश्वर जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भलिबल खेल हेर्न त्रिपुरेश्वर जाने भएका छन् ।

नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली दशरथ रंगशालाको कभर्ड हल जाने भएका हुन् ।

खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री स्वयम् खेल हेर्न जान लागेका हुन् ।

नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved