काठमाडौं । बंगलादेशको एक होटलमा आगलागी हुँदा २४ जनाको मृत्यु भएको छ ।
रिपोर्टका अनुसार सो होटलमा सोमबार आगलागी भएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लिगका निकटतम सदस्यको होटल हो ।
बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’का अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो ।
अखबारको रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न दिएनन्, जसका कारण उद्धार कार्य ढिलो भएको थियो ।
यो होटल बंगलादेशको दक्षिण-पश्चिममा रहेको शहर जसोरमा छ । यस होटलका मालिक शाहीन चक्लादार हुन्, जो जसोर जिल्लाको अवामी लिग पार्टीका महासचिव हुन्।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख हुन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीको लामो प्रदर्शनपछि सोमबार राजीनामा दिएकी हुन् । हसिनाले बंगलादेश छोडेकी छिन् ।
त्यसपछि सेनाले विद्यार्थी र सर्वसाधारणलाई शान्ति कायम राख्न अपिल गरेको भएपनि बंगलादेशका विभिन्न क्षेत्रबाट हिंसा, लुटपाट र आगजनीका समाचार आइरहेका छन् ।
Facebook Comment
Comment