सुर्खेत । जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–६ गंगटिया बस्ने वर्ष ३४ का मानबहादुर वली रहेका छन् । उनी जीप चालक हुन् ।
मंगलबार दिउँसो ३ बजे खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर एकै गाउँका १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घाइते हुनेमा भेरी नगरपालिका–६ बस्ने वर्ष २८ कि सपना विक, वर्ष ३५ कि भूमिका शाही, वर्ष १९ कि दुर्गा पुन, वर्ष १९ कै बिन्दु शाही, वर्ष ५५ कि मोती लुहार, वर्ष १७ कि सिता पुन, वर्ष २१ कि धनसरा खड्का, वर्ष ८० का कलिमान खत्री, वर्ष २८ कि भूमिकला राना, उनका ४ महिनाका छोरा प्रज्वलन घर्ती, वर्ष ३६ कि कल्पना खत्री, वर्ष ३३ कि अस्मिता खत्री, वर्ष ३१ कि पार्वती उपाध्याय र वर्ष ४० कि हिरा सार्की छन् ।
जीप सडकबाट ४ चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
Facebook Comment
Comment