सुम्निमा-पारूहाङले रक्षा गरेपछि रक्षामन्त्री भएँ : राई

नेपालभ्युज

सुम्निमा-पारूहाङले रक्षा गरेपछि रक्षामन्त्री भएँ : राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सुम्निमा-पारूहाङले रक्षा गरेपछि आफू रक्षामन्त्री भएको बताएका छन् ।

मङ्गलबार ललितपुरमा आयोजित किरात राई यायोक्खाको ३७औं स्थापना समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “सुम्निमा-पारूहाङले रक्षा गरेपछि रक्षामन्त्री भएँ,” राईले भने, “अझ योभन्दा माथि गएर हामीले आफ्ना भाषा, संस्कार, संस्कृतिको रक्षा गर्नुपर्छ ।”

किरातभित्र धेरै भाषी रहेको उल्लेख गर्दै उनले सबैको भाषा-संस्कारको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए । “कतिपय सांस्कृतिक सङ्ग्रहालय तथा भवनहरूको संरक्षण तथा सम्वर्द्धन गर्दै लानुपर्नेछ । त्यसका निम्ति सरकारले पनि ध्यान दिनुपर्छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved