सुरक्षा माग्दै बंगलादेशमा प्रहरीले घोषणा गर्‍यो हड्ताल

नेपालभ्युज

सुरक्षा माग्दै बंगलादेशमा प्रहरीले घोषणा गर्‍यो हड्ताल

काठमाडौं । बंगलादेशमा प्रहरीले हड्तालको घोषणा गरेको छ । बंगलादेश पुलिस सर्भिस एसोसिएशनले विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेको हो ।

‘प्रहरीका प्रत्येक सदस्यको सुरक्षा नहुँदासम्म हामी हडतालको घोषणा गर्दैछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

उक्त एसोसिएशनमा हजारौं प्रहरी अधिकारीहरू आबद्ध छन् । शेख हसिनाले राजीनामा दिएर भागेपछि सोमबार ४५० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको थियो । झडपमा प्रहरी अधिकारीसमेत मारिएका थिए ।

मंगलबार ढाकामा सवारीसाधनहरू चल्न थालेको भए पनि सडकमा ट्राफिक प्रहरीहरू नदेखिएको डेली स्टारले जनाएको छ। तर, केही क्षेत्रमा ट्राफिकलाई निर्देशन गर्ने विद्यार्थीहरू देखिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved