पाँच प्रतिशतले घट्यो सेयर बजार, सबै उपसमूह राताम्मे 

नेपालभ्युज

पाँच प्रतिशतले घट्यो सेयर बजार, सबै उपसमूह राताम्मे 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार भारी अंकले घटेर रेकर्ड बनाएको छ । आज नेप्से परिसूचक १४५ दशमलव ०५ अंकले घटेको छ ।

अर्थात् पाँच प्रतिशतले घटेर २६५१ दशमलव ३२ को विन्दुमा पुगेको छ । मंगलबार ३२२ कम्पनीका २ लाख ७१ हजार ५ सय ८७ पटकको कारोबारमा ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँ रहेको छ । त्यस्तै, आज १३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् । जसमा सबैभन्दा धेरै जीवन बीमा ८७० अंकले घटेको छ ।

२३३ कम्पनीको सेयर मूल्य घट्दा ८ वटाको बढेको छ भने १ वटा स्थिर रहेको छ । आज सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved