सिमलताल पहिरो : अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

नेपालभ्युज

सिमलताल पहिरो : अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । सिमलताल पहिरोको अध्ययन कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले प्रतिवेदन बुझाएको हो ।

कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखकलाई प्रतिवेदन बुझाएका हुन् ।

लेखकले गत असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गरेका थिए ।  कार्यदलले भने साउन २ गतेदेखि आफ्नो काम थालेको थियो ।

प्रतिवेदनमा दुर्घटनाको कारण, मृतक परिवार पाउनपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने लगायतका विषय समेटिएको छ ।

गत असार २८ गते वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved