पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

नेपालभ्युज

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

काठमाडौं । पेरिस ओलम्पिकमा अहिलेसम्म अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा छ ।

सोमबारसम्म भएका विभिन्न स्पर्धामा ३० रजत र २८ कांस्यसहित अमेरिका सबैभन्दा बढी ७९ पदक जितेर अंक तालिकामा शीर्ष स्थानमा रहेको हो ।

चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी टप टेनमा अटाएका छन् ।

दोस्रोमा चीनले २१ स्वर्ण, १८ रजत र १४ कांस्यसहित कुल ५३ पदक हात पारेको छ भने फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कांस्य पदकसहित कुल ४८ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको अष्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र आठ कांस्यसहित ३३ पदक जितेको छ भने पाँचौँ स्थानमा रहेको बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कांस्यसहित कुल ४२ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २६ पदक जितेको छ भने जापानले १० स्वर्ण, पाँच रजत र ११ कांस्यसहित २६ पदक जित्दै सातौँ स्थानमा छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र छ कांस्यसहित कुल २५ पदक जितेको छ भने नेदरल्यान्डसले सात स्वर्ण, पाँच रजत र पाँच कांस्यसहित कुल १७ पदक जित्दै नवौँ स्थानमा छ ।

जर्मनीले सात स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १६ पदक जितेर शीर्ष १० भित्र अटाउन सफल भएको छ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved