‘अब नाच्छ अमेरिका’ का लागि उडे शान्तिश्री, रचना, ज्योति र करिष्मा

नेपालभ्युज

‘अब नाच्छ अमेरिका’ का लागि उडे शान्तिश्री, रचना, ज्योति र करिष्मा

काठमाडौं । नेपालका चर्चित गायिकाहरू शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल करिष्मा ढकालसँगै अमेरिका उडेका छन्।

उनीहरु सोमबार बेलुका  ‘अब नाच्छ अमेरिका’ सांगीतिक टुरका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।  उनीहरूको अमेरिका बसाइ झण्डै दुई महिनाको  हुने बताइएको छ ।

हरितालिका तीजको अवसर पारेर फ्लाई नेपालेले आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले  अमेरिकाका विभिन्न राज्यमा प्रस्तुति दिनेछन् ।

चारैजनाको यो पहिलो अमेरिका टुर रहेको बताइएको छ ।  अगस्ट १० मा बोस्टन सहरबाट टुरको सुरूआत हुनेछ ।  सेप्टेम्बर २९ मा लस एन्जल्समा अन्तिम प्रस्तुती रहने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved