श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !

नेपालभ्युज

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ । उनको प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले राहुलको परिवारसँग पनि दूरी कायम राखेको बताइएको छ । यसबारेमा अहिलेसम्म आधिकारिक रूपमा केही खुलाइएको छैन । तर, ‘स्त्री २’ रिलिज हुनुअघि अभिनेत्री र उनका फ्यानहरूका लागि यो दुःखद् समाचारभन्दा कम होइन ।

‘सोनु के टिटू की स्वीटी’, ‘प्यार का पंचनामा’ र ‘तू झुठी मै मक्कर’ जस्ता फिल्ममा काम गरिसकेका राहुल मोदी पेशाले लेखक हुन् ।

श्रद्धासँग उनको पहिलो भेट ‘तू झुठी मैं मक्कर’को सेटमा भएको थियो । सुरूमा यी दुईबीच मित्रता भयो र त्यसपछि यो मित्रता प्रेममा परिणत भएको थियो ।

यस वर्षको मार्चमा अनन्त अम्बानी र राधिका मर्चेन्टले गुजरातको जामनगरमा प्रि-वेडिङ पार्टी आयोजना गरेका थिए, जसमा श्रद्धा र राहुल सँगै देखिएका थिए ।

अहिले रेडिडमा यो दाबी भइरहेको छ कि श्रद्धाले इन्स्टाग्राममा राहुल मोदीलाई अनफलो गरेकी छिन् । उनले राहुलको बहिनी, राहुलको प्रोडक्शन कम्पनी र राहुलको कुकुरको प्रोफाइल अकाउन्टलाई पनि अनफलो गरिसकेकी छिन्, त्यसपछि उनीहरूको ब्रेकअपको अड्कलबाजी भइरहेको छ । तर, राहुलले अझै पनि श्रद्धालाई पछ्याइरहेका छन् ।

श्रद्धाले आफ्नो सम्बन्धलाई खुलेर स्विकारेकी छैनन् तर, उनले इसाराबाट आफ्नो प्रेम व्यक्त गरिरहेकी थिइन् । यसअघि श्रद्धाले आफ्नो घाँटीमा आर अक्षर भएको लकेट पनि लगाएकी थिइन्, जसले उनीहरूको सम्बन्धमा हलचल मच्चाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved