कर्णालीका नवनियुक्त मन्त्रीको शपथ आज

नेपालभ्युज

कर्णालीका नवनियुक्त मन्त्रीको शपथ आज

सुर्खेत । कर्णाली सरकारमा सहभागी काँग्रेसका चार मन्त्रीको शपथ आइतबार दिउँसो खुवाउन लागिएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले चार जना मन्त्रीको सपथका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेकाले आज सपथ खुवाउन लागिएको हो ।

कार्यालयले दिउँसो २ बजे शपथ कार्यतालिका तय गरेको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले सपथ खुवाउने छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुनेचार जन मन्त्रीको नाम पठाएको थियो ।

सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् । नवनियुक्त मन्त्रीहरूले आजै सपथ पछि पदभार ग्रहण गर्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved