क्रिमियामा युक्रेनको आक्रमणबाट रुसी पनडुब्बी ध्वस्त

नेपालभ्युज

क्रिमियामा युक्रेनको आक्रमणबाट रुसी पनडुब्बी ध्वस्त

काठमाडौं। युक्रेनको सेनाले क्रिमियन प्रायद्धिपस्थित बन्दरगाहमा रुसी पनडुब्बीमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ।

शुक्रबार बन्दरगाह सहरका रुपमा चिनिने सेभास्टोपोलमा रहेको पनडुब्बीमाथि मिसाइल आक्रमण गरिएको युक्रेनका अधिकारीले जनाएका हुन् ।

कृष्णा सागरमा ‘क्यालिब्र क्रुज मिसाइल’ प्रक्षेपण गर्ने क्षमता भएका रुसका ४ मध्ये एक पनडुब्बी नष्ट भएको हो । यसबारे रुसी रक्षा मन्त्रालयले कुनै टिप्पणी गरेको छैन ।

सो आक्रमणमा प्रायद्धिपलाई सुरक्षा प्रदान गरिरहेका चार वटा एस–४०० वायु रक्षा प्रणाली पनि नष्ट गरिएको कीभका अधिकारीले दाबी गरेका छन्। सन् २०१४ मा रुसले सो प्रणालीलाई अवैध रुपमा गाडेको थियो।

गत सेप्टेम्बरमा मिसाइल आक्रमणका कारण क्षतिग्रस्त भएको सेभास्टोपोल बन्दरगाहमा सो पनडुब्बीको मर्मत कार्य चलिरहेको बताइएको थियो । युक्रेनी सेनाले भने मर्मत कार्य सम्पन्न भइ पनडुब्त्रबीले आफ्नो क्षमताको परिक्षण गरिरहेको जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved