अदालतबाट मुद्दा हारेपछि व्यवसायीले ९ करोड बक्यौता तिर्नुभयो : कुलमान घिसिङ 

नेपालभ्युज

अदालतबाट मुद्दा हारेपछि व्यवसायीले ९ करोड बक्यौता तिर्नुभयो : कुलमान घिसिङ 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले व्यवसायीले सबै अदालत धाउँदा पनि मुद्दा हारेपछि ९ करोड बक्यौता तिरेको बताएका छन् ।

शुक्रबार डेडिकेटेड र ट्रंकलाइन बक्यौता सम्बन्धमा सार्वजनिक लेखा समितिमा उद्योगी र विद्युत् प्राधिकरणबिच भएको छलफलमा घिसिङले मुद्दा हारेपछि  व्यवसायीहरूले ९ करोड तिरे पनि पछि पुनः बक्यौता रोकिएको बताएका हुन् ।

उद्योगीबाट उठेको बिलिङ किन समयमै गर्नुभएन भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘डेडिकेटेट र ट्रंकलाइनको बिलिङ सुरु गर्दा धेरै मुद्दा परे । त्यसपछि अदालतको स्टे अडर आयो सोही कारण केही समय बिलिङ रोकियो । अदालतको मुद्दा जितिसकेपछि हामीले फेरी बिलिङ सुरु गर्‍यौ । त्यसपछि फेरी कसैलाई बिलिङ भयो कसैलाई भएन भनेर उहाँहरूले मुद्दा हाल्नुभयो ।’

व्यवसायीले नर्मल बिलको बक्यौता तिरिरहेको बताउँदै उनले पछिल्लो समयमा प्रिमियम शुल्क जोडेर पठाएको बिलको बक्यौता व्यवसायीले दिन नमानेको खुलाएका छन् ।

प्राधिकरणले हरेक व्यवसायीलाई बिल दिएको र बिल आएन भन्ने कुरा झुठो रहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved