काठमाडौं । काभा महिला भलिबल लिगमा आज दुईवटा खेल हुँदैछन् । काठमाडौंमा जारी प्रतियोगितामा दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलंका र इरान खेल्नेछन् ।
खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुनेछ ।
पहिलो खेलमा नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको श्रीलंका आज पहिलो जितको खोजीमा रहँदा इरान पनि पहिलो जितका लागि कोर्टमा उत्रनेछ ।
इरान पहिलो खेलमा हिजो भारतसँग ४–१ को सेटमा पराजित भएको थियो । आजै साँझ सवा ५ बजे हुने दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेलमा इरानलाई हराएको भारत लगातार दोस्रो जितको खोजीमा हुँदा माल्दिभ्स भने आज पहिलो प्रतिस्पर्धाका लागि खेल्न लागेको हो ।
घरेलु टोली नेपाल भने भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले भारतसँग भोलि दिउँसो ३ बजे खेल्नेछ ।
Facebook Comment
Comment