विश्व स्तनपान सप्ताह नेपालमा पनि चेतनामूलक कार्यक्रम गरि मनाइँदै

नेपालभ्युज

विश्व स्तनपान सप्ताह नेपालमा पनि चेतनामूलक कार्यक्रम गरि मनाइँदै

काठमाडौं । विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।

स्तनपानको महत्वबारे बुझाउन एक सातासम्म विभिन्न कार्यक्रम गरिन लागेको हो ।

विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन सुरु गरिएको हो । स्तनपानलाई शिशुको सबैभन्दा पहिलो खोप समेत भन्ने गरिन्छ । आमाको दूधमा रोग निरोधक तत्व हुने भएकाले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन् ।

शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउन डाक्टरहरुको सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved